प्रचण्ड–नेपाल पक्ष, काभ्रेको वृहत युवा विद्यार्थी भेला

everest kitchen

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्ष, काभ्रेको वृहत युवा विद्यार्थी भेला सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा गरेको प्रतिनिधिसभा विघटनविरुद्ध काभ्रेका प्रचण्ड नेपाल समूहका युवाहरु भेलाअघि विरोध सभा तथा र्याली निकालेका थिए ।

काभ्रेको बनेपामा आयोजित भेलामा सहभागी हुनका लागि नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा, युवा संघका संयोजक रामप्रसाद सापकोटा, अनेरास्ववियूका सह–संयोजक रन्जित तामाङ दिपशिखा लगायतका नेताहरु उपस्थित भएका छन् ।

राष्ट्रिय युवा संघ र अनेरास्ववियू काभ्रेको आयोजनामा सुरु भएको यस कार्यक्रममा जिल्लाका विभिन्न भागबाट नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ