गायक मेलिना राई र रूद्रसेन को “हांसेर बोलन मायालु”को भिडियो सवर्जनिक

everest kitchen

काठमाडौं। नेपाली, भोजपुरि, मैथीली लगायत विभिन्न भाषामा गीत गाएर सांगितिक क्षेत्रमा रामो नाम कमाईसकेका चर्चित गायक रुद्रसेन विश्वकर्माको ‘हांसेर बोलन मायालु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीमा बनेको यस् गीतमा गायक रुद्रसेनलाई गायिका मेलिना मैनालीले स्वरमा साथ् दिएकी छिन । गीतमा गाय रुद्रसेनकै स्वर संगीत रहेको छ । नयाँ कलाकारलाई पनि प्रोत्साहन र स्थान दिनुपर्छ भन्दै निर्देशक प्रदीप कुमार रसाइलीको निर्देशनमा तयार पारिएको यस् भिडियोमा नव कलाकार प्रतिक आचार्य र रोशु लामिछानेको अभिनय देख्न सकिन्छ ।

आफ्नो संस्कृति, कला र पहिचान जुनै जाती वा भाषाभाषीको भएपनी त्यस्को जगेर्ना गर्नुपर्छ भन्ने खुल्ला सोच राख्ने गायक रुद्रसेनले आफ्नो गीत तथा भिडियोलाई सधैं झैं माया गरिदिनु हुन आग्रह गरेका छन ।