मलेसियामा कोभिड संक्रमितको सङ्ख्या २ लाख नाघ्यो, आजमात्रै ५ हजारबढी संक्रमित

everest kitchen

ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १६ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ७३३ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५ हजार ७२५ जना रहेकाे छ । यो हालसम्मकै उच्च सङ्ख्या हो ।

मलेसियामा हालसम्म २ लाख ३ हजार ९३३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ३ हजार ४२३ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये १ लाख ५७ हजार ७२२ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल ४५ हजार ४७८जनामा सक्रिय संक्रमण रहेको छ ।