ओलीलाइ सडकमा पनि फुच्चे बनाइदिनु भयो धन्यवाद : प्रचण्ड

everest kitchen

 

काठमाडौं । नेकपा प्रचण्ड-माधवकुमार नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूह पार्टीमा मात्र होइन, सडकमा पनि एक तिहाई भएको दाबी गरेका छन् ।

‘धनगढीमा अस्ति आउँदा अलि फुलेका थिए, तपाईंहरू सडकमा आएर यहाँ पनि एक तिहाइ पुग्दैन भन्ने देखाएर ओलीजीलाई फुच्चे बनाउनुभयो, धन्यवाद दिन चाहन्छु,’ उनले भने। धनगढीमा आफ्नो समूहले गरेको आमसभापछि ओली सडकमा पनि एक तिहाई मात्र हो भन्ने प्रष्ट भएको प्रचण्डले दाबी गरे ।

शनिबार प्रचण्ड-नेपाल पक्षले आयोजना गरेको विरोध सभा आयोजना गरेको छ। सभालाई सम्बोधनका क्रममा दाहालले पछिल्लो समय देखिएको प्रतिगमन र प्रतिक्रान्तिको खतराको विरुद्धमा जनता जुर्मुराएको देखेर खुसी लागेको बताए।