दश प्रतिशत निर्माण सम्पन्न पुलको मुख्यमन्त्री पोखरेल द्धारा शिलान्यास

everest kitchen

 


बुटवल । गत असोजमा सम्झौता भएर मंसिर पहिलो हप्तादेखि काम शुरु भएको रोल्पाको धाङसी खोला पुलको शिलान्याश तीन महिनापछि मात्रै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गरेका छन् ।

बेमौसमी बाजा जस्तै गरि मुख्यमन्त्री पोखरेल २५ प्रतिशत काम भइसकेको पुलको शिलान्याशको नाममा सरकारी खर्चमा जिल्ला आएर गुटको भेला गरेको भन्दै नेकपाको प्रचण्ड–माधव समूहले कार्यक्रमको विरोध गरेको छ ।नेकपा रोल्पा जिल्ला अध्यक्ष (प्रचण्ड–माधव समूह) सुरेन्द्र घर्तीले दुई वटा पिल्लर तयार भएको अवस्थामा पनि गुटको भेला गर्न विकास निर्माणको भ्रम छर्न सरकारी खर्चमा कार्यक्रम गरेको बताए ।

उनका अनुसार कार्यक्रममा टाढाटाढाबाट पनि गाडी मान्छे ल्यादा पनि मुस्किलले सुरक्षाकर्मीसहित करिब सय जना हाराहारीमा मात्रै ओली पक्षका कार्यकर्ता र स्थानीयको उपस्थिति रहेको थियो ।