शतप्रतिशत संसद पुनःस्थापना हुन्छ : खनाल

everest kitchen

 

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका बरिष्ठ नेता झलनाथ खनालले संविधान बिघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको भन्दै संसद पुनस्थापना हुने दावी गरेका छन ।

आइतबार प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले शत प्रतिशत अदालतले संसद पुनस्र्थापनाको आदेश दिने समेत बताए । उनले मुलुकको परिवर्तनको रक्षाका लागी संसद्को पुर्नस्थापना गर्नुपर्ने जिकिर गरे ।

उनले प्रधानमन्त्री ओली पूर्ण रुपमा फेल भइसकेको र ओलीको दिनगन्ती सुरु भइसकेको तर्क गरे ।