मलेसिया गएका प्रेम बहादुर १२ देखि सम्पर्क बिहिन

everest kitchen
बेपत्ता प्रेमबहादुर तामाङ

काठमाडौं । आज भन्दा करिब १६ वर्ष पहिले बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका धादिङका प्रेम बहादुर तामाङ १२ वर्षको देखि सम्पर्क बिहिन भएका छन् ।

धादिङको शेर्तुङ-४ मा जन्मिएर रुबी भ्यालीमा बस्दै आएका प्रेम बहादुर १२ वर्ष देखि परिवारको सम्पर्क बिहिन भएको परिवारले जनाएको छ । सन २००५ मा पुगेका प्रेमबहादुर मलेसियाको राजधानी क्वालालम्पुर स्थित एक माछा प्याकिङ कम्पनीमा कार्यरत रहेको सुनेको तर स्पष्ट संग आफुलाइ थाहा नभएको उनका छोरा दिनेश तामाङले बताएका छन् ।

हाल प्रेमबहादुरका छोरा पनि वैदेशिक रोजगारीको लागि साउदीमा रहेको र मलेसियामा प्रेमबहादुरलाई कहि कतै कसैले फेला परेमा +९६६५७८३५८११४(साउदी) मा सम्पर्क गर्न छोरा दिनेशले अनुरोध गरेका छन् ।