सेनाका बख्तरबन्द गाडी बुधबार पनि काठमाडौंबाट पाँचखालसम्म पुग्ने

everest kitchen

काठमाडौं । माघ १९ को राति बख्तरबन्द गाडीबाट चक्रपथ परिक्रमा गरेको नेपाली सेनाले बुधबार पनि देशका बिभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलकाअनुसार देशभर रहेका ८ वटा पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गरिने छ ।

यसैक्रममा बुधबार काठमाडौंदेखि काभ्रेको पाँचखालसम्म बख्तरबन्द गाडीको अभ्यास हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाले नियमित जसो टुडिखेलमा परेड गरि रहेको छ ।

लामो समयपछि एक्कासि सेनाको अभ्यासलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । यद्यपि सेनाले नियमित अभ्यास मात्रै भएको बताएको छ ।