मलेसियामा आवागमन नियन्त्रण (एमसिओ) फेब्रुअरी १८ सम्म थपियो, कोरोनाको नया बिरामि भने घटेनन्

everest kitchen

मलेसिया सरकारले आवागमन नियन्त्रण आदेश (एमसिओ) यहि फेब्रुअरी १८ तारिख सम्मलाई थपेको छ ।
मलेसियामा जनवरी १३ तारिखबाट लगातार एमसिओ लागु भए पनि नयाँ बिरामिको संख्या भने दिनदिनै बढेको बढेकै छ ।
मलेसियाको सारावाक बाहेक सबै राज्यमा लागु भएको एमसिओ ब्यापारिक क्षेत्र पूर्ण रुपमा बन्द गर्न नमिल्ने भएकोले आंशिक रुपमा मात्र खोलेको भनिए पनि मानिसहरुको बाहिरी भिडभाड, आवात जावत उत्तिकै भएकोले कोरोना खासै नियन्त्रणमा आउन सकेको छैन ।
एउटै कम्पनीमा काम गर्ने हजारौं विदेशि कामदारहरुलाई कोरोना टेष्ट गर्दा पोजेटिभ आउन थालेपछि मलेसियामा नयाँ कोरोना बिरामिको संख्या झन् झन् बढेको बढेकै छ ।