“नाैसय विग्हा समाज सहयोग युवा समूह”द्वारा दुई पीडित परिवारहरुलाई सहयोग

everest kitchen

सुरेन्द्र महतो

धनुषा । प्रवासमा रहेका धनुषा जिल्लाको धनुषाधाम न.पा. – ५ को युवाहरू मिलेर स्थापना गरेको ” नाैसय विग्हा समाज सहयोग युवा समूह ” ले गाउँमा रहेका केही पीडितहरुलाई सहयोग गरेको छ ।

करिब एक महिनाअघि समाजमा हुने नकारात्मक घटनालाई ध्यानमा राखी हरेक घटना लाई उजागर गर्ने, गरिब तथा विभिन्न पीडितमा रहेका पीडितहरुलाई सेवा गर्ने उद्देश्यले स्थापना गरिएको उक्त संस्थाले जिल्लाका दुई पीडित परिवारलाई सहयोग गरेको संयाेजक विजय कुमार मण्डलले जानकारी दिएका छन् ।

धनुषा जिल्लाको कमला नगरपालिका-७ हथमुन्डामा बस्ने विना देवी सदा लाई खाद्यन्न, लत्ताकपडा, र पशु सहयोग गरेको छ । जसमा बाख्रा २ थान, चामल १०० किल ,दाल १० किलो,आलु ३० किलो, नुन १० किलो ,प्याज ६ किलो, खाने तेल ६ लिटर, सुवाविन २ दर्जन र चिसाेमा प्रयोग गर्न सिर्क २ थान, सुईटर 7 थान, टाेपि ५ थान, साडि २ थान र पटिया २ थान सहयोग गरेको संस्थाले जनाएको छ ।

त्यस्तै, संस्थाले धनुषा जिल्ला विदेह नगरपालिका-३ गाेबराहीमा ट्रेक्टर दुर्घटनामा मृत्यु भएका विनाेद महराको परिवारलाई पनि आर्थिक सहयोग गरेको छ । संस्थाले उनीहरूलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको संयोजक मण्डलले बताए ।

मण्डलका अनुसार पीडितको परिवारले सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोग अपिल गरेको थियो । सो अनुसार संस्थाले सहयोग गरेको र आगामी दिनमा पनि अन्य पीडितलाई यस्तै सहयोग गर्दै जाने लक्ष्य रहेको उनलेे बताए ।

आर्थिक अवस्था कमजोर रहेका मृतक महराको घरमा श्रीमती र २ बर्ष र ५ बर्षका बच्चाहरु छन् भने श्रीमती गर्भवती अवस्थामा रहेकी छन् ।