अष्टलक्ष्मी शाक्यसहितका नेता प्रहरी नियन्त्रणमा

everest kitchen

काठमाडौं । प्रहरीले आमहड्ताल आयोजना गर्ने नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्तालाई नियन्त्रण लिएको छ।

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केन्द्रीय कमिटी सदस्य अमृता थापासहित नेता कार्यकर्तालाई प्रहरी कलंकीबाट पक्राउ गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिएका छन्।

प्रचण्ड-नेपाल समुहको बन्दको कारण देशभरको जनजीवन प्रभावित बनेको छ । फाट्टफुट्ट खाद्यान्न पसल र सवारी साधन बाहेक चल्न सकेका छैनन् ।