केही नेता-कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि ठूलोमात्रामा कार्यकर्ता सडकमा

everest kitchen

काठमाडौं । आज घोषित आम हड्ताल सफल बनाउन प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ता ठुलो मात्रामा सडकमा उत्रिएका छन् ।

बिहानैदेखि सडकमा निस्किएका केही नेता-कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि अहिले ठूलो संख्यामा नेता-कार्यकर्ता प्रदर्शनसहित सडकमा निस्किएका हुन् ।

बन्द गराउन रत्नपार्क, गोंगबु, सादोबाटो लगायतबाट नेता-कार्यकर्ताको जुलुस नै निस्केको छ । अन्य चोक र सडकमा पनि कार्यकर्ताहरु निस्किएका छन् ।