राप्ती नगर पालिका को उपमेयर लामा ओली समुहमा

everest kitchen

मकवानपुर। राप्ती नगरपालिका नेकपा नगर कमिटिका अध्यक्ष ईमान सिंङ लामा औपचारिक रुपमा ओली समूहमा लागेका छन । राप्ती नगरपालिकाका अधिकांस नेकपाका कार्यकर्ताहरुले उनलाई नेपाल-प्रचण्ड समूहमा रहेको ठानेपछि ओली समूहको भेलामा उपस्थिति भएर उनले औपचारिक रुपमा ओली समूहमा लागेको बताएका हुन् ।

उनले केहि दिन अघि मात्र दुबै समुहको कार्यक्रममा गई अध्यन तथा जानकारी लिईरहेको बताएका थिए । उनको यो खालको कदमले नेकपा राप्ती कमिटि नेपाल प्रचण्ड समहुले उनलाई कार्वाही गर्ने नेकपा राप्ती नगर कमिटि ईन्चार्ज मान बहादुर स्याङ्बोले बताए । साथै उनले लामाले जाँलसाझी गरेर सिंगो नेकपा राप्ती नगर कमिटिलाई धोका दिएको बताएका छन ।