मलेसियाको सडकपेटीमा अलपत्र प्रेरित स्वदेश फर्किए, दुखले कहिलै छोडेन

everest kitchen
फोटोमा “प्रेरित” बिचमा

विपेन उलङगे

काठमाडौं । केही महिना अघिदेखि मलेसियाको सडकपेटीमा अलपत्र अलपत्र परेका धादिङका प्रेरित  तामाङ स्वदेश फर्किएका छन् । सडकमा घाइते अवस्थामा रहेका पेरितको स्थानीय सञ्चारमाध्यममा समाचार आएपछि सहयोगी नेपालीहरुले उनको खोजि गरि स्वदेश फर्काएका हुन ।

बेसुर बिरामी अवस्थामा मलेसियाको सडकमा भेटिएका उनलाई समाजसेवी सपना बस्यालको पहलमा “लभ पेनाङ नेटवर्क, मलेसिया ” को कम्युनिटी सेन्टरमा करिब दुई महिना राखिएको थियो । करिब दुई महिनापछि उनको स्वास्थ्य सुधार आएपछि स्वदेश फर्काइएको कम्युनिटी सेन्टरका अगुवा सुमन तामाङले बताए । सुमनले नै उक्त स्थानमा राखेर दुई महिना सम्म प्रेरितक‍ो स्याहार गरेका थिए ।

प्रेरितलाई स्वदेश फर्काउनको लागि आवश्यक कागजातको बन्दोबस्त र विमानस्थलसम्मको खर्च “जन उद्धार केन्द्र पेनाङ, मलेसिया”ले गरेको थियो भने स्वदेश फर्कनको लागि आवश्यक हवाई टिकट र उनको पकेट खर्चको लागि करिब पाँच हजार मलेसियन रिङ्गेट “लभ पेनाङ नेटवर्क”ले व्यवस्था गरेको थियो । नेटवर्कको पहलमा हवाई टिकटको रकम केही मलेसिन नागरिक हरुले सहयोग गरेको पहलकर्ता बस्यालले बताइन् । यस्तै पीसीआर परिक्षण एलपीएन नेपालि संगतिले गरिदिएको थियो ।

हाल उनलाई एकता प्रवास सेल्टर ललितपुरमा राखिएको छ । उनको थप स्वास्थ्य सुधार आएपछि अनुकुल तरिकाले पुनःस्थापना गरिने सेल्टरले जनाएको छ ।

प्रेरितको यो अवस्था कसरी भयो ? (दुखले कहिलै छोडेन)

धादिङको लापाका स्थायी बासिन्दा प्रेरितको आमाबुवाको सम्बन्ध राम्रो नभएपछि आमा छुट्टिएर अन्तै बिहे गरिन । केही समय आमासंग र केही समय बाबासंग बसेका उनलाई बाल्यकाल देखि नै अनेक समस्या आइपरे । आमाबुबाको ममता , आर्थिक लगायत विभिन्न समस्या संगै उनलाई जीवन जिउनु थियो ।

ती यावत समस्या संग जुज्दै सुन्दर भविष्यको सपनासहित उनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगे । मलेसियाको पाहाङ राज्य स्थित एक कम्पनीमा कार्यरत रहेका प्रेरितलाई फेरि अर्को बर्जपात आइलाग्यो । त्यहाँ उनी दुर्घटनामा परे र उनको खुट्टा जल्यो । खुट्टा जलेपछि लामो समय उपचार गरेका उनलाई कम्पनीले पनि साथ दिएन । बरु उनलाई उपचारमा लागेको कम्पनीले गरेको खर्च रकम कम्पनीबाट माग्न थालियो ।

बिस्तारै कम्पनी देखि पनि उनी वितृष्ण भएका उनलाई कम्पनीले पनि उनलाई छाडिदियो । त्यसपछि  प्रेरित कम्पनी छोडेर हिडे । कम्पनी छोडेको केहि समय पछि पाहाङ राज्यबाट पेनाङ राज्यमा उनी आइ पुगे । पेनाङ राज्यमा आएपछि केहि समय अबैधानिक हैसियतमा सेक्युरिटी गार्डको रुपमा काम गरे ।

एकदिन फेरि उनमा अर्को समस्या आइलाग्यो । पेनाङमै भारतीय मुलका मलेसियन (काले) बाट उनी लुटिन पुगे । कालेले उनको हात पनि भाचि दियो , पासपोर्ट लगायतका कागज पनि लुटि दियो । त्यसपछि वेवारिसे अवस्थामा सडक पेटिमा घाइते अवस्थामा रहेका उनी बेसुर भए । मागेर खाने अवस्थामा पुगे । मागेको पैसाले उनले रक्सी खान थाले बिस्तारै जिन्दगी नै भूले ।

फेरि एकदिन उनीमाथि एक स्थानीय सञ्चारमाध्यमको रिपोर्टरको नजर पय्रो । ती रिपोर्टरले एक नेपाली घाइते अवस्थामा भनेर समाचार लेखे । उक्त समाचार पछि मलेसियामा रहेका नेपाली सामाजिक अभियान्ताहरुले खोजि गर्न थाले । अन्ततः उनी “पेनाङ लभ नेटवर्क” र जन उद्धार केन्द्र पेनाङ को सम्पर्कमा पुगे ।

मलेसियामा रहेको एनआरएनले पनि उनलाई खानाको लागि भन्दै आरएम दुई सय सहयोग गरेको थियोे भने “जन उद्धारको कागजी प्रक्रिया र लभ पेनाङ नेटवर्कको आर्थिक सहयोगमा उनी फेब्रुअरी पाँचमा हिमालयन एअरलाइन्स को उडान मार्फत स्वदेश फर्किएका छन । नेपालमा पुनस्थापना गर्ने जिम्मेवारी “प्रवासी नेपाली एकता संजाल” ले लिएको छ । हाल उनी सञ्जालको ललितपुर स्थित एकता प्रवास सेल्टरमा रहेका छन् ।