लोपोन छ्योइकुको प्रतिमा निर्माणका लागि एक लाख १४ हजार आर्थिक सहयोग

everest kitchen

काभ्रेपलान्चोक । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा म ८ स्थित भोर्ज्याङ गाउँमा निर्माणधिन लामा ह्रिन्जेन दोर्जेको छोरा लोपोन छ्योइकुको सालिक निर्माणका लागि स्थानीय युवाहरुले आर्थिक सहयोग गरेका छन ।

अध्यक्ष जगत सिं दोङ तामाङको विशेष पहलमा काभ्रे तेमाल गाउँपालिका वडा नं ८ भोर्ज्याङमा निर्माण भैरहेको लोपोन छ्योइकु प्रतिमाको लागि संकलित रू १ लाख १४ हजार ८ सय ५ रुपैया समाजसेवी तथा नेपाली काङ्ग्रेसका युवा नेता उर्गेन थोकारले तेमाल ८ का वडा अध्यक्ष लक्ष्मी बहादुर घिसिङ मार्फत निर्माण समितिलाई काभ्रे कल्याणकारी समाजका प्रतिनिधिहरुको उपस्थितिमा हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण कार्यक्रममा काभ्रे कल्याणकारी समाज नेपालका अध्यक्ष उर्गेन थोकर तामाङ , समाजका पूर्व उपाध्यक्ष रमित लामा, महासचिव तेमाल सिंह तामाङ, मलेसिया क्षेत्रीय पेनाङका सचिव नोर्बु दोङ तामाङ , क्षेत्रीय पेनाङका अध्यक्ष माया वाईबा तामाङ, सदस्य कोमल कुमार घ्लान तामाङको उपस्थिति रहेको समाजका पूर्व सचिब नोर्बु दोङले जानकारी दिए ।

काभ्रे कल्याणकारी समाज मलेसियासहित विभिन्न व्यक्तिहरुले उक्त अभियानमा सहयोग गरेका थिए ।