प्रियंकाको घर किनिन् ज्याकलिनले

everest kitchen

ऐजेन्सी । अभिनेत्री ज्याकलिन फर्नाडिसले अभिनेत्री प्रियंका चोपडाको घर किनेकी छन् । मुम्बईको जुहूमा रहेको ज्याकलिनले प्रियंकाको त्यो घर किनेकी हुन् ।

कर्मयोग नामकको उक्त घरमा प्रियंका र निक जोनसले २०१८मा विवाह गरेका थिए । घरको मुल्य ७ करोड बताइएको छ । घरमा लिबिङ एरियार र ठुलो बालकनी पनि छ ।

समाचारका अनुसार करिव दुई बर्ष अगाडिदेखि ज्याकलिन नयाँ घरको खोजिमा रहेकी थिइन् । मुम्बईको जुहुमा उनको घरमा किन्ने इच्छा थियो । त्यो अहिले पुरा भएको छ ।

पछिल्लो समय शिरीष कुन्द्राको वेब सीरीज मिसेस सीरियल किलरमा देखिएकी छिन् । उनी छिट्टै फिल्म ‘बच्चन पाण्डे’, ‘भुत पुलिस’ र ‘सर्कस’ समेत देखिनेछिन् ।