टुटल पठाओजस्ता सेवा बन्द गरि भाडा बढाउन ट्याक्सी व्यवसायीको माग

everest kitchen

 

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी चालक तथा व्यवसायी आन्दोलित भएका छन् । शनिवार आफ्ना ट्याक्सीसहित र्‍याली निकाल्दै व्यवसायीहरुले सरकारसँग वैज्ञानिक भाडादर कायम गर्नुपर्नेसहित विभिन्न माग गरेका छन् ।

राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग व्यवसायीको छ । उनीहरुले निजी सवारीले भाडाका यात्रु बोक्ने गरी सञ्चालनमा रहेका टुटल पठाओजस्ता सेवा पनि बन्द गर्न माग गरेका छन् ।