“अनिर्णयको बन्दि”

everest kitchen

लघुकथा – अनिर्णयको बन्दि

याम बहादुर गुरूङ “माईला डाडाखोरे”

काठमाडौको रत्नपार्कमा सधै जसो भिडभाड थियो। सत्तापक्षको रत्नपार्क र टुँडिखेल वरिपरिबाट सडकमा जिन्दाबाद र मुर्दाबादका नाराहरू घन्किरहेको परिदृष्य देखिन्थ्यो। रत्नपार्कको चौरभित्र बिभिन्न पार्टीहरूका नेताहरूको क्यारिकेचर गर्ने चार जना युवा कलाकारहरूको हाँस्यब्यङ्ग सम्बन्धी प्रस्तुतीहरूमा त्यहाँ हेरेर बसिरहेका त्रिचन्द्र कलेजका बिद्यार्थीहरूबीच चर्काचर्की बहसहरू चलिरहँदा

बुद्धिप्रसादले जुरूक्क ऊठेर आफ्नै साथी रामभक्तको कठालो समातेर भन्यो -” तेरो पार्टीको सरकारले संसद भंग गरेर ताजा जनादेशको लागि बैशाखमा गर्ने चुनावी घोषणा पुरै असंबैधानिक छ संसद पुनर्स्थापना हुनैपर्छ र चुनाब अंसभव छ।

“ए बुद्धिप्रसाद बहुमतको प्रधानमन्त्रीले संसद बिघटन गरेको पूरै संबैधानिक छ किनभने सरकारलाई काम गर्न नदिने, जताततै अबरोध गरेपछि बिघटन नगरेर राजीनामा दिने कुरै आउँदैन। जे गरे प्रधानमन्त्रीले ठीक गरे। चुनावमा जान डराऊनेहरू कायर हुन् बुझ्यौ?

संबिधान मै पाँच वर्षसम्म अर्को प्रधानमन्त्रीको बिकल्प हुन्जेलसम्म अबिस्वाशको प्रस्ताव फेस नगरीकन प्रधानमन्त्रीले सिधै बिघटन गर्ने अधिकारै छैन भन्या, खोई कुरा बुझ्या?

दुबैजना किन झगडा गर्छौ बेकारमा? यदि चुनाव पनि नहुने र संसद पुनर्स्थापना पनि नहुने भो भने फेरि संकटकाल लगाएर देशलाई अनिर्णयको बन्दि प्रधानमन्त्रीले गर्यो भने के हुन्छ साथी हो?” त्यसपछि त्यहाँ केही बेर सन्नाटा छाएको देख्न सकिन्थ्यो।