संबैधानिक इजलासमा सरकारी वकिललाई १५ मिनेटको समय

everest kitchen

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने सरकारी वकिललाई १५ मिनेटको समय दिइएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल भइरहेको मुद्दाको सुरुमै संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजदेखि सरकारी वकिललाई १५ मिनेट समय निर्धारण गरिएको बताए ।

शुक्रबारसम्म सरकार पक्षका ८ जनाले बहस गरिसकेका छन् । जसमा ७ जना सरकारी वकिल हुन् । सरकारको प्रतिरक्षामा महान्यायाधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ता सुशील पन्त, नायव महान्यायाधिवक्ताहरु पदमप्रसाद पाण्डेय, नारायणप्रसाद पौडेल, विश्वराज कोइराला र सहन्यायाधिवक्ताहरु सञ्जीवराज रेग्मी, लोकराज बराल र खेमराज ज्ञवालीले बहस गरिसकेका छन् ।