पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने सरकारको निर्णय

everest kitchen

सरकारकले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको स्रोतले उल्लेख गरेको । स्रोतका अनुसार वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १का ३७ जिल्लामा चुनाव गर्ने निर्णय भएको छ।

केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते प्रतिनिधि सभाको असंवैधानिक विघटन गर्दै नयाँ निर्वाचनमा जाने निर्णय गरेको थियो। उक्त असंबैधानिक बिघटनको चौतर्फी बिरोध भैरेको छ भने प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।