प्रचण्ड–नेपाल पक्षको सभा सुरु हुदै

everest kitchen

 

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको छ । ५ पुसमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेको प्रतिनिधिसभा विघटन भएको विरोधमा प्रदर्शन भइरहेको छ ।

आज गरेको सभामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल वरिष्ठ नेता झलनाथ खनाल लगायतले सम्बोधन गर्ने भएका छन् । त्यस्तै, नेताहरु अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गरुङ, रघु पन्त, नारायणकाजी श्रेष्ठ लगायतले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

करिब दिउसो १२ तीर काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट य्रालीहरु मुल सभामा प्रवेश गर्ने क्रममा रहेको आयोजकले जनाएको छ ।