नयाँ हास्य टेलीश्रृंखला ‘नौटंकी माईलो’ प्रसारण हुदै

everest kitchen
photo file

काठमाडौं । हास्य टेली श्रृंखला ‘नौटंकी माईलो’ प्रसारण हुने भएको छ। रितिशा केसीको निर्माण तथा लामो समय देखी रंगमन्च दुनियामा तीन दर्जन भन्दा बढी ठुलो पर्दा र दुई दर्जन भन्दा बढी सानो पर्दामा अभिनय गरी सकेका सफल कलाकार रितु केसीको निर्देशन र सिता कटुवालको ब्यबस्थापनमा उक्त श्रृंखला प्रसारण हुन लागेको हो ।

देश तथा बिदेशमा भएका तिता मिठा घटना,राजनैतिक ,सामाजिक बिकृति बिसंगतिलाइ लिएर हास्यब्यङ्ग मार्फत उजागर र चेतना दिने उदेश्यले यो कमेडी सीरियल प्रसारण गरन लागिएको कथा/पटकथा, लेखक शिव शर्मा बताए। उनका अनुसार उक्त शृंखला “नौटंकी माईलो इन्टरटेनमेन्ट ” को आधिकारिक यूट्यूब च्यानल बाट प्रसारण हुनेछ।

रितु के सी ले हाम्रो सन्देश डट कम लाई जानकारी गराएका छन्।

चिरपरिचित कलाकारहरु रमेश के सी, मञ्जु श्रेष्ठ राजेन्द्र, गड्तौला सुनिता श्रेष्ठ, रितु के सी, मुना नेपाल, प्रकाश के सी, गणेश कार्की, सजिना लामिछाने, गणेश कडेल, अर्जुन खनाल, प्रज्ञा श्री थापा, अशोक पाण्डे, रमेश श्रेष्ठ, दिनेश श्रेष्ठले अभिनय गरेको निर्देशक रितु केसीले जानकारी दिए ।

सिरियलमा राज कार्कीको सम्पादन लक्ष्मण रोक्काको श्रृगांर र संजय राईले दृश्य खिचेका छन् । संगीत, गायन, संगीत संयोजन द्यनु ग्याड्डमीको रहेको छ । एग्रो मीडीया प्रा.लि.को प्रस्तुति रहेको छ ।