महिला सशक्तीकरणबारे भर्चुअल सेमिनार सम्पन्न

everest kitchen

काठमाडौ। १७ देखि १९ जनवरी २०२१ मा आयोजित महिला सशक्तिकरणसम्बन्धी वेब(आधारित बिश्व सम्मेलनमा महिला सशक्तिकरणको लागि १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली सेवा समाज आईएनएसएसको अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र र महिला समितिले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका थिए।

अन्तर्क्रिया, छलफल र परामर्शपछि सम्मेलनले विभिन्न १० बुंदामा घोषणा पत्र जारि गरेको थियो। महिला विरुद्ध हुने कुनै पनि भेदभाव मौलिक रुपमा अन्यायपूर्ण र संवैधानिक रुपमा गैरकानूनी व्यवहार भएको सबै देशलाई स्पष्ट पर्ने, लैङ्गिक समानता सुनिश्चित गर्न महिला बिरूद्ध भेदभाव गर्ने कानून र अभ्यासमा संशोधन गर्न राज्यहरुलाई आह्वान गर्ने, महिला अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघले घोषणा गरेका सिद्धान्तहरुलाई कडाईका साथ लागू गर्न जोड दिने लगायातका बुंदाहरु रहेका छन् ।

त्यस्तै, लैङ्गिक भेदभाव नगरी शिक्षा, सबै तहमा मतदान, सार्वजनिक पद हासिल र प्रयोगलगायतमा समान सामूहिक अधिकारहरूको उपभोग गर्न आव्हान गर्ने, नागरिकता, पैतृक सम्पत्तीमा पुरुष समान अधिकारको, विवाह र सम्बन्ध विच्छेदको बिषयमा महिलाहरुलाई पूर्ण समानताको अधिकार लगायतका बुंदाहरु पत्रमा समावेस गरिएको छ।

यसपटक महिला सशक्तिकरणसम्बन्धी वेबमा आधारित विश्व सम्मेलन आयोजना गरेको र आगामी दिनमा पनि निरन्तर यस्ता सम्मेलन गर्ने संस्थाको योजना रहेको बताएको छ । यो संस्था भाषा, साहित्य, संस्कृति, कृषि, पर्यटन लगायत अन्य विधिध विषयमा निरन्तर गतिविधि गर्ने ध्येयका साथ अघि बढिरहेको र निकट भबिस्य मै नेपाली साहित्यको इतिहास, बर्तमान र भबिस्यझ विषयक बिश्व सम्मेलन गरिने आयोजकले जनाएको छ ।”