झाँक्री पक्राउ गरेर देशलाई मुठभेडमा लगेर आफ्नो निहीत स्वार्थपूर्ति गर्ने षडयन्त्र : नेता शर्मा

everest kitchen

काठमाडौं । काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)का नेता जनार्दन शर्मा (प्रभाकर)ले देशलाई मुठभेडमा लगेर आफ्नो निहीत स्वार्थपूर्ति गर्ने षडयन्त्र अनुसार नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको टिप्पणी गरेका छन् ।

पूर्व गृहमन्त्री समेत रहेका शर्माले झाँक्री पक्राउ परेको केहि मिनेटमा प्रतिक्रिया दिदै लेखेका छन् “रामकुमारी झाक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेटमा लगेर आपनो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो ।”

प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्धहरुको कारबाहीको माग आएपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीको निर्देशन पक्राउ गरिएको स्रोतको दावी छ ।