मलेसियामा कोरोना खोप बिदेशिलाई पनि निशुल्क लगाइने, अवैधानिकले पनि लगाउन पाउने

everest kitchen

मलेसिया सरकारले मलेसियामा बस्ने विदेशि नागरिकहरुलाई पनि कोरोना खोप (भ्याक्सिन) निशुल्क लगाउने भएको छ ।
मलेसियामा बस्ने भिषा भएका विदेशिहरुलाई मात्र नभएर अवैधानिक रुपमा बसोबास गर्ने विदेशि नागरिकहरुलाई पनि खोप लगाइनेछ । यहि फेब्रुअरीको अन्तिमबाट सुरुवात गर्ने खोप कार्यक्रममा आफ्ना देशका नागरिकहरु प्राथमिकतामा राखिएता पनि पर्याप्त खोप आयात गरिने भएकोले विदेशि नागरिकहरुलाई पनि प्रदान गरिने बताइएको छ ।
‘आफू सुरक्षित, सबै सुरक्षित’ नाराका साथ सुरु हुने यस कार्यक्रम अन्र्तगत मलेसियामा वैधानिक झन्डै २० लाख र अवैधानिक झन्डंै २० लाख गरि झन्डै ४० लाख विदेशि नागरिकले कोरोना खोप लगाउन पाउने छन् ।