आज शुक्रबार नेपाली राजदुतावास मलेसिया पनि बन्द रहने

everest kitchen

काठमाडौं । आज शुक्रबार नेपाली राजदुतावास मलेसिया पनि बन्द रहने भएको छ । चाइनिज नयाँ वर्षको अवसर र सोनम ल्होसारका अवसरमा बन्द रहने भएको हो ।

दुतावासले एक सुचना जारी गर्दै “फेब्रुअरी १२ को दिन चाइनिज नयाँ वर्षको अवसरमा मलेसियाको स्थानीय बिदा पर्ने भएकोले तथा नेपाल सरकार , मन्त्रिपरिषद्को मिति २०७७/१०/२६ को निर्णयानुसार सोनम ल्होसारका अवसरमा विदेशस्थित नेपाली नियोगहरुमा बिदा हुने निर्णय भएकाले सो दिन राजदूतावासको नियमित कन्सुलर सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सुचनामा उल्लेख छ ।

आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर  ०१६२४७२७७७ सम्पर्क गर्न सकिने पनि दुतावासले उल्लेख गरेको छ ।