हातमा साङ्ला बाँधेर स्रष्टाको विरोध प्रदर्शन

everest kitchen

काठमाडौं । संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा हातमा साङ्लाले बाँकेर प्रदर्शन गरेका हुन् ।

सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन नाम दिइएको उक्त प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई बसन्तपुरसम्म पुगेको थियो ।

प्रदर्शनका सहभागी स्रष्टाले विभिन्न कविता कृतिका पंक्ति लेखिएका प्लेकार्डहरु बोकेका थिए ।