अन्तर्राष्ट्रिय नेपाली लघुकथा प्रतियोगिता हुने

everest kitchen

काठमाडौं । “अन्तर्राष्ट्रिय नेपाली लघुकथा प्रतियोगिता २०७७” हुने भएको छ । नेपाली साहित्य समाज क्यालगरी क्यानडाको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रवासबाट थोरै भएपनि नेपाली साहित्यमा उत्थान होस भन्ने हेतुले प्रतियोगिता गरिन लागेको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुनेले रु २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने १० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुनेले बढीमा ३०० शब्द आसपास रहेको कतैपनि प्रकाशित नभएको लघुकथा आगामी मार्च १३ सम्ममा पठाउनु पर्ने छ । प्रतियोगिताको नतिजा अप्रिल १३ मा प्रकाशित गरिने आयोजकले जनाएको छ ।