मलेसियामा आज ३ हजार ३१८ जना नयाँ बिरामी थपिदा १७ जनाकाे निधन

everest kitchen

 

ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ९५३ जना रहेका छन् ।

त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३ हजार ३१८ जना रहेकाे छ । मलेसियामा हालसम्म २ लाख ५८ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ३ हजार ५०५ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये २ लाख ५ हजार ७७४ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल ५१ हजार ५७९ जनामा सक्रिय संक्रमण रहेको छ ।