लुम्बिनी प्रदेशको स्थापना दिवस दाङमा मनाइने

everest kitchen

 

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । यसअघिका स्थापना दिवस अस्थायी मुकाम बुटवलमा मनाउने गरिएकोमा यसपटक भने दाङमा मनाउन लागिएको हो ।

फागुन २ गतेदेखि ४ गतेसम्म मनाउने स्थापना दिवसको मूल समारोह दाङमा गर्ने गरी तयारीका काम भएका प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

जसअनुसार मूल समारोह फागुन ३ गते प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) को राप्ती प्राविधिक शिक्षालय परिसरमा हुने भएको छ । मूल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेशका सांसदहरुलगायतको सहभागिता रहने बताएको छ ।