त्रिवेणी माध्यामिकको व्यवस्थापन समितिको अध्यक्षमा मोहन किसोर ओली निर्वाचित

everest kitchen

काठमाडौं । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिका स्थित सिम्रुतुमा रहको त्रिवेणी माध्यामिक बिद्यालयको विद्यालय व्यवस्थापन समितिको नेतृत्व मोहन किसोर ओलीले गर्ने भएका छन् ।

यसअघि पनि उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका ओलीलाइ शुक्रबार सम्पन्न एक भेलाले अध्यक्षमा चयन गरेको हो । सोही स्थानका वडा अध्यक्ष समेत रहेका ओलीको अध्यक्षतामा ११ सदस्य समिति चयन भएको बताएको छ । निर्वाचित अध्यक्ष ओलीले अबिभाबकहरुले आफ्नो नेतृत्वलाई पत्याएर फेरि अध्यक्ष पनि को लागि सिफारिस गरेकोले आफूले प्राप्त गरेको जिम्मेदारि लाइ कुशलता पुर्बक निर्वाह गर्ने प्रतिबद्दता जाहेर गरे ।

उनकन अनुसार ११ सदस्य समितिमा खुला, दलित, महिला, शिक्षक, जनप्रतिनिधि, विद्यार्थी लगायतको सहभागीतामा समावेशी समिति निर्माण गरेको बताए ।
उक्त विद्यालय वि.स २०३९ सालमा स्थापना भएको थियो ।