मनाङको जङ्गलमा फेरि आगो लाग्यो

everest kitchen

 

हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् ।

भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए । मानव बस्तीभन्दा दुई घण्टा टाढाको दूरीमा आगलागी भएको उहाँको भनाइ छ । आगलागीबाट कुनै मानवीय तथा पशुचौपायमा क्षति नपुगेको तथा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी अनि नेपाली सेनाको संयुक्त टोलीले आगो निभाउने गरिरहेको छ

मनाङमा भएका आगलागीमा अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका वन परेको तथा यसको जिम्मेवारी एक्यापले लिनुपर्नेमा छिटो तथा तदारुकताका साथ नभएको स्थानीयवासीको आरोप छ ।

“जङ्गल जलिरहेको छ, हाम्रा कर्मचारी र स्थानीयवासी परिचालन भएका छन्, अनुसन्धानको दायरा कसिलो बनाएका छौँ, कसरी आगो लाग्यो भन्ने कुरा अझै पत्ता लगाउन सकेका छैनौँ”, अन्नपूर्ण संरक्षण क्षेत्रका मनाङ प्रमुख लेखनाथ गौतलमे भने । उनले स्थानीयवासीले मुख नखोल्दा आगलागीको कारण तथा व्यक्ति पत्ता लगाउन र अनुसन्धान गर्न कठिन भएको बताए ।