नगर स्तरिय क्रिकेट प्रतियोगिता सुरु, खेल युवा पिढिहरु को गहना : नेता पटेल

everest kitchen

वीरगञ्ज । जनता समाजबादी पार्टी का केन्द्रिय सदस्य शिव पटेलले खेल युवा पिढिहरु को गहना भएको बताएका छन् । समग्र नेपाल नामक संस्था द्वारा आज बहुदर माइ नगरपालिका-२ पिपरा को बहुदर माइ मन्दिर नजिक तिलावे नदि को किनार मा अव्स्थित मैदान मा आयोजित नगर स्तरिय क्रिकेट प्रतियोगिता को उद्घाटन गर्दै नेता पटेलले यस्तो बताएका हुन ।

उनले खेल ले युवाहरूलाई शारीरिक रूपमा स्वस्थ्य मात्र नबनाइ यसले अनुशासन, लगनशीलता र युवाहरूको भबिस्य निर्माणमा अहम भुमिका निर्वाह गर्ने बताउदै आजको युगमा खेलमा राम्रो गर्ने लाई सरकार ले सम्मान का साथ मनग्य अर्थ प्रदान गरिरहेकोले यस क्षेत्रमा अगाडि बढन युवाहरू लाई आग्रह गरे ।

स्थानिय सरकार गठन भए देखी विभिन्न नगरपालिकाले मेयर कप गरि युवाहरूलाई प्रोत्साहन गरिरहेको चर्चा गर्दै नेता पटेलले बहुदर माइ नगरपालिका को खेल प्रती कुनै चासो नभएको र यहाका नगर प्रमुख कमिसनमा मात्र रुमलिएको बताए ।

समग्र नेपाल नामक संस्था का अध्यक्ष शुभराती अन्सारी को अध्यक्षता मा आयोजित सो उद्घाटन कार्यक्रममा जसपा पर्सा का सचीव श्रीराम जि गिरि, जिल्ला सदस्य निशेश यादव, नगर अध्यक्ष कृष्ण यादव, बहुदर माइ नपा- २ का वडा अध्यक्ष जितेन्द्र पटेल,समाजसेवि एवम शिक्षाबिद प्रोफेसर लक्ष्मी साह लगायत ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

प्रतियोगितामा नगरपालिकाका ८ वटा वडा बाट क्रिकेट टिम सहभागी भएका छन। फाइनल खेल पस्चात राम्रो प्रदर्सन गर्ने खेलाडी चयन गरि नगर स्तरिय टिम बनाउने सोच रहेको आयोजक ले बताएको छ ।