कर्णालीका मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा

everest kitchen

सुर्खेत। कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मुख्य न्यायाधिवक्ता मानन्धरले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र पेश गर्नुभएको हो ।

उनी सो पदमा २०७४ साल चैत २८ गते नियुक्त भएका थिए । निजी कार्यव्यस्तताका कारण आफूले सम्हाल्दै आएको जिम्मेवारीमा रहिरहन नसक्ने भएकाले आजका मितिमा उक्त पदबाट राजीनामा दिएको उनले बताएका छन् ।’