हामी नेपाली ग्लोबलद्धारा न्युयोर्क राज्यमा ४० लाख ६० हजार रुपैया बराबरको खाना वितरण

everest kitchen

न्युयोर्क । गैर मुनाफा मुलक अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले अमेरिकी न्युयोर्क राज्य स्थित ७०० बक्स खाना वितरण गरेको छ। प्रति बक्स ५० डलर बराबरको खाना वितरण गरिएको हो ।।

आइतबार हामी नेपाली ग्लोबलका अध्यक्ष- अमृत लामा, प्रथम उपाध्यक्ष – नबराज के.सी , खेलकुद बिभाग प्रमुख – मोहन वाइबा लगायत विभिन्न समाजसेवि ब्याक्तिहरुको उपस्थितिमा न्युयोर्क राज्यको १५-०३ कलेज पोइन्ट, बिएल बि डि कलेज पोइन्ट र एन वए ११३५६ मा प्रति बक्स ५० डलर मुल्य पर्ने ७०० बक्स खाना वितरण गरिएको संस्थाले जनाएको छ ।

करिब ३५ हजार अमेरिकी डलर” अर्थात नेपाली ४० लाख ६० हजार रुपैयाँ मूल्य बराबरको खाना वितरण गरिएको संस्थाले उल्लेख गरेको छ । संस्थाले कोभिड प्रकोप लगायतका विभिन्न समस्याले गर्दा समस्या रहकालाइ राहत होस भनेर खाना वितरण गरिएको बताएको छ ।

हामी नेपाली ग्लोबलका प्रथम उपाध्यक्ष नबराज केसी सिटी काउन्सिल न्युयोर्क डिस्ट्रीक १९ मा शसक्त उम्मेदवार दिएका छन । केसी न्युयोर्क सिटी काउन्सिलमा उम्मेदबारी दिने पहिलो नेपाली अमेरिकन हुन् ।