महानगरीय अपराध महाशाखाको जिम्मेवारी एसएसपी खापुङलाई

everest kitchen

काठमाडौँ । महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुखको जिम्मेवारी एसएसपी चन्द्र कुँवेर खापुङलाई दिईएको छ । महाशाखा, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापालाई सरुवा गरिएपछि खापुङलाई गृह मन्त्रालयले आज सरुवा गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलको निर्णयबाट महाशाखा प्रमुखको प्रहरी प्रधान कार्यालय, नक्सालमा सरुवा भएको बताएको छ । थापाको कार्यकालमा महाशाखाले उपत्यकामा भएका ठूला प्रकृतिका अपराधको अनुसन्धानसँगै केही पुराना घटनाको पनि सफल अनुसन्धान गरेको थियो ।