ओलीले लोडसेडिङ हैन, कुलमानलाई चाहिँ हटाएका हुन् : बस्नेत

everest kitchen

काठमाडौं । प्रचण्ड-नेपाल निकट नेकपाका युवा नेता सुरेन्द्र बस्नेतले प्रधानमन्त्री केपि ओलीले लोडसेडिङ नभएर कुलमान घिसिङलाई चाहिँ हटाएको दावी गरेका छन् । सोमबार सरकारका तीन वर्षे उपलब्धि सार्वजनिक गर्ने क्रममाा प्रधानमन्त्री ओलीले आफुले लोडसेडिङ हटाएको दावी गरेका थिए ।

अनेरास्ववियूका नेता समेत रहेका बस्नेतले प्रधानमन्त्री ओलीले लोडसेडिङ हटाएको जतिसुकै दावी गरेपनि जनताले नपत्याउने जिकिर गरे । उनले भने, ‘ओलीले त लोडसेडिङ हटाउने कुलमान घिसिङलाई पो हटाएका हुन् त !’

जनस्तरबाट सर्वत्र प्रशंसा पाएका कुलमान थप एक कार्यकाल विद्युत प्राधिकरणमा काम गर्न इच्छुक थिए। तर प्रधानमन्त्री ओलीले उनलाई निरन्तरता दिन चाहेनन् । नेता बस्नेतले नेपाली जनताले को लोडसेडिङ हटाउने हो र को कुलमान हटाउने हो राम्रैसंग चिनेको वताएका छन् । उनले प्रधानमन्त्री ओलीको दावी आधारहिन र तथ्यहिन भएको जिकिर गरेका छन् ।

(उज्यालो)