मलेसियामा आवागमन नियन्त्रण आदेश (एमसिओ) ४ राज्यमा सिमित, जनजीवन सामान्य बन्दै

everest kitchen

मलेसियन, कोरोना महामारीका कारण मलेसियाभर लगाइएको आवागमन नियन्त्रण आदेश (एमसिओ) अब मात्र ४ राज्यमा सिमित भएको छ ।

क्वालालुम्पुर, सेलाङगर, जोहोरबारु र पेनाङ राज्यमा बाहेक अन्य राज्यमा एमसिओ हटाएर केहि खुकुलो व्यवस्था अवस्थाजनक आवागमन नियन्त्रण आदेश (सिएमसिओ) र पेर्लिस राज्यमा भने झनै खुकुलो सुधारात्मक आवागमन नियन्त्रण आदेश (आरएमसिओ) लगाइएको छ ।

फेब्रुअरी १८ तारिख सकिने भनिएको एमसिओ व्यवस्था लगायत अन्य व्यवस्था अब मलेसियाको मार्च ४ तारिख सम्म रहनेछ ।मलेसियन आर्थिक क्षेत्रमा अत्यन्तै प्रभाव परेको हुनाले सरकारले केहि दिन अगाडी देखि नै एमसिओ व्यवस्थालाई पनि केहि खुकुलो गरि रेष्टुरेन्ट, पसल, सैलुन लगायत कम्पनीहरु सञ्चालन स्तर प्रक्रिया (एसओपी) पालना गरेर खोल्न मिल्ने बनाएको थियो ।

यस व्यवस्थासँगै अब एउटै राज्यभित्रको यात्रा अनुमति भने खुकुलो हुने भएता पनि एक राज्यबाट अर्को राज्यमा जान भने अनुमतिपत्र बोक्नु अनिवार्य नै छ ।