सपनाको उजुरीको आधारमा विनयजङ्ग बस्नेत पक्राउ

everest kitchen

काठमाडौं । काठमाडौँमा बेवारिसे शव जलाएर व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले आज काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार सोही काममा संलग्न सपना रोकामगरको निवेदनको आधारमा बस्नेतलाई पक्राउ गरिएको को हो ।

उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो । केही अघि बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी मगरले आफूलाई बस्नेतले अभद्र व्यवहार गरेको भन्दै आइतबार निवेदन दिएको प्रहरीले जनाएको छ ।

उनीहरू एक अर्कालाई बाबुछोरी भनेर सम्बोधन गर्ने गरेका थिए ।सपना केही समयअघि बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा परेदेखि उनीहरू बीचमा सम्बन्ध बिग्रिएको छ ।