विद्यार्थीद्धारा थाल ठटाएर पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोध

everest kitchen

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा जनता समाज पार्टी (जसपा) निकट विद्यार्थीहरुले माइतीघर मण्डलामा बुधबार थाल ठटाएर प्रदर्शन गरेका छन् । नेपाल आयल निगमले स्वचालित मुल्य समायोजन भन्दै केही समयको अन्तरालमा मुल्यबृद्धि गर्दै आएको छ ।

समाजवादी विद्यार्थी युनियनको आयोजनामा भएको विरोध प्रदर्शनमा सहभागी विद्यार्थीहरुले थाल र चम्चा बजाउँदै प्रतिगामी सरकार मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा सडकमा उनीहरुले ग्यास सिलिन्डर राखेर सरकारको विरोध गरेका थिए ।