टिकटक बनाएको भन्दै विद्यार्थीको परीक्षा रद्द,

everest kitchen

19

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले टिकटक बनाएको भन्दै कक्षा १२ को परीक्षामा सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरेको छ।

बोर्डले एक सुचना जारि गर्दै ‘२०७७ साल मंसिर महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा सहभागी शाहीले परीक्षाको मर्यादा विपरित परीक्षाको समयमा भए गरेका कार्यहरूलाई टिक टक बनाई सामाजिक सञ्जालमा राखेकोमा निजको चालु खण्डको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको जानकारी दिएको छ।

’ परीक्षा बोर्डद्वारा जारी सूचनामा भनिएको छ, ‘सोही विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक श्री कमलबहादुर शाही र उक्त विद्यालयका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई बोर्डबाट सञ्चालन गरिने कुनै पनि परीक्षा सम्बन्धी काममा तीन वर्षसम्म सहभागी हुन नपाउने गरी कारबाही गरिएको एवं निजहरुलाई विभागीय कारवाहीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरिएकोले सम्बन्धित सबैमा जानकारी गराइन्छ।’