प्रचण्ड–नेपाल पक्षले आज मानव साङ्लोसहित टुँडिखेल घेराउ गर्दै

everest kitchen

काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले आज मानव साङ्लोसहित टुँडिखेल घेराउ गर्ने भएको छ । चौंथो चरणको विरोध कार्यक्रम अन्तर्गत आज टुँडिखेलमा मानव साङ्लो निर्माण गरि एक घण्टा प्रदर्शन गर्न लागिएको हो ।

दिउँसो साढे ३ बजे राष्ट्रिय सभागृह अगाडि भेला भएर मानव साङ्लोसहित टुँडिखेलमा प्रदर्शन गरिने नेताहरुले बताएका छन् । दिउँसो ४ बजेदेखि साँझ ५ बजेसम्म टुँडिखेल घेराउ गरिनेछ ।