कर्णाली लोकसेवा आयोगको गठन

everest kitchen

सुर्खेत । कर्णाली लोकसेवा आयोगका अध्यक्षमा उपाध्याय नियुक्त कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन । आयोगका सदस्यमा वसन्तीकुमारीसिंह शाही र भक्तबहादुर खड्का नियुक्त हुन ।

आयोगका नवनियुक्त अध्यक्ष उपाध्यायलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आजै पद तथा गोपनीयताको शपथ गराए । त्यस्तै आयोगका सदस्यलाई अध्यक्ष उपाध्यायले पद तथा गोपनीयताको शपथ गराए ।

विसं २०४४ पूर्व शिक्षक भएर आफू पढ्दै पढाउँदै गरेका उपाध्याय विसं २०४५ मा माध्यमिक विद्यालय निरीक्षक र शिक्षा मन्त्रालयका सहसचिवसमेत भएका थिए ।

नारायण नगरपालिका– ३ दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगरपालिका –१२ सुर्खेत बस्दै आएका उपाध्यायले क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतको निर्देशक भएर निवृत्तिभरण भएका हुन ।