बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा

everest kitchen

सविन कुमार लोप्चन तामाङ

हेटौंडा । २८५७ अौं लाङ ल्हो (गाई वर्ग) सोनाम ल्होछारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । कार्यक्रम  छ्युसी बौद्ध गुम्बा समितीको आयोजनामा हुुुन लागेको  हो ।

भाषा , धर्म, संस्कार, संस्कृतिको उत्थान गर्ने हेतुले २८५७ अौं लाङ ल्हो (गाई वर्ग) सोनाम ल्होछारको अवसरमा गर्न लागिएको उक्त बृहत सांस्कृतिक कार्यक्रम फागुन ८ गते मकवानपुरको राक्सिराङ-६ सिलिङ्गे, सिमरगाउँमा हुदैछ । आयोजकका अनुसार कार्यक्रम विभिन्न कला, संस्कृतिको प्रस्तुति र प्रदर्शन हुनेछन् ।

कार्यक्रममा विभिन्न कलाकारहरुले तामाङ समुदाय सम्बन्धिका विभिन्न प्रस्तुतिहरु दिनेछन् भने तामाङ समुदाय भित्रका विभिन्न व्यक्तित्वको उपस्थिति रहने आयोजकले जनाएको छ ।