नेकपा केन्द्रिय सदस्यको नागरिकता संकलन हुँदै

everest kitchen
photo file

पेरिसडाँडा। प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ। शुक्रबार पेरिस डाँडामा बसेको बैठकपछि अहिले केन्द्रीय सदस्यको नागरिकता संकलन सुरू भएको छ।

पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न बोलाइएको स्थायी समिति बैठकपछि केन्द्रीय कमिटि बैठक बस्दैछ। निर्वाचन आयोगले म्याद गुजारेर आधिकारिकता दाबी गरेकाले अहिले कारबाही गर्न नमिल्ने बताएपछि प्रचण्ड–नेपाल समूहले बहुमत सदस्यहरू नागरिकतासहित उपस्थित गराउने तयारीस्वरूप नानगरिकता संकलन थालेको हो।