गलवान घाटीको झडपमा पाँच सैनिक मारिएको चीनको स्वीकार

everest kitchen

काठमाडौं । चीनले गलवान घाटीको झडपमा परी मृत्यु हुने सैनिकको विवरण सार्वजनिक गरेको छ। गत वर्षको जुनमा भारतको लद्दाखस्थित गलवान घाटीको सीमा क्षेत्रमा भारतीय सैनिकसँगको झडपमा आफ्ना पाँच सैनिक मारिएको चीनले स्वीकारेको छ।

चिनियाँ सेनाले उक्त झडपमा परी मृत्यु भएका सैनिकलाई विशिष्ट पदवीबाट सम्मान पनि गरेको छ । चिनियाँ सेनाले आफ्ना सैनिकमाथि रड, तीखो धार भएका डण्डी र ढुङ्गाले प्रहार गरेको उल्लेख गर्दै चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले चिनियाँ सेनाको पीएलए डेलीलाई उद्धृत गर्दै समाचार लेखेको छ। भारतीय सेना संख्या थियो, भारतीय सेनाले निरन्तर ढुङ्गाले आक्रमण गरिरहेका भए पनि आफूहरु पछि नहट्दै त्यसको डटेर सामना गरेको चिनिया सेनाले पत्रिकालाई बताएको छ।

गत वर्ष जुन १५ मा भएको यो घटनामा आफ्नो तर्फबा सैनिकको हताहतीबारे चीनले केही बताएको थिएन । उक्त घटनामा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।