प्रचण्ड–माधवले केन्द्रीय सदस्यलाई जुनसुकै बेला तयार रहन निर्देशन

everest kitchen
photo file

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । अध्यक्षद्वय दाहाल र नेपालले केन्द्रीय सदस्यहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका थिए ।

जनसंघर्ष समितिका संयोजक एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् विघटन विरुद्धको आन्दोलन बारे जानकारी गराएका थिए । श्रेष्ठले भने ,संसद् विघटन विरुद्धको आन्दोलनलाई बलियो समर्थन मिल्दै गएको छ, नागरिक समाज, बौद्धिक, बुद्धिजिवी, पूर्वप्रधानन्यायाधीहरु, पेशाकर्मी, आमसञ्चार माध्यमहरु लगायतले यो सरकारको कदमलाई प्रतिगमन भनिसकेको छ’।