फेब्रुअरी २१ मा मलेसियामा कोभिड-१९ बिरुद्धको भ्याक्सिन आउने

everest kitchen

एजेन्सी । मलेसियामा पनि यही फेब्रुअरी २१ मा कोभिड-१९ बिरुद्धको भ्याक्सिन आउने भएको छ । मलेसियन सरकारले फाइजर-बायोटेकद्वारा उत्पादित भ्याक्सिन ल्याउनको लागि तयारी पुरा गरेको बताएको छ ।

मलेसियामा पहिलोपटकमा ३ लाख १२हजार ३९० डोज भ्याक्सिन क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्ने बताएको छ। यसको लागि मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको बहुराष्ट्रिय कार्गो कम्पनी एमएबी “मास कार्गोले बिशेष विमानको प्रयोग, भण्डारण र आयात गर्ने बताएको छ ।

खोप आगामी १२ महिनाको अवधिमा चरमबद्ध रुपमा आयात र खोप कार्यक्रम अभियान तीन चरणमा कार्यान्वयन गरिने बताएको छ ।

पहिलो चरण अप्रिल सम्म चल्नेछ र जसमा फ्रन्टलाइन स्टाफहरुलाई खोप दिइने बताएको छ भने दोस्रो चरणमा वृद्धहरू र दीर्घकालीन स्वास्थ्य समस्याका पीडितहरू जस्ता उच्च जोखिम समूहहरूलाई खोप दिईने बताएको छ । त्यस्तै तेस्रो चरणमा अन्य बयश्क उमेर समुहलाइ क्रमशः खोप कार्यक्रम गर्ने मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।