गृहमन्त्री बन्न लागेको भनेर मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न गरियो : गौतम

everest kitchen

 

काठमाडौं । गृहमन्त्री बन्न लागेको भन्दै चरित्र हत्यागर्ने दुष्ट प्रयत्न गरेको भन्दै नेता बामदेव गौतमले असहमति जनाएका छन् । उनलेे फेसबुकमा एक विज्ञप्ति जारी गर्दै असहमति जनाएका हुन ।

नेकपा विभाजनसंगै नेकपा एकता राष्ट्रीय अभियानको संयोजक समेत रहेका गौतमले विज्ञप्तिमा लेखेका छन् , “मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही संचार माध्यमले केपि वली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री वनेर वामदेव जादैछन् भन्ने ग़लत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ । मेरा सवै मित्रहरुलाई यसकिसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछु!”

यसअघि नेकपामा छुट्टै गुट निर्माण गरेर बलियो पकट बनाएर बसेका नेता गौतम नेकपा दुई समुहमा विभाजन भएपछि तथस्ट बसेका छन् । पछिल्लो समय उनले नेकपालाई फेरि एकतामा जोड्ने भन्दै “नेकपा एकता राष्ट्रीय अभियान” कार्यक्रममा जुटेका छन् ।