३० लाख नगदसहित ललितपुरको सुनाकोठीबाट १७ जुवाडे पक्राउ

everest kitchen

ललितपुर। ३० लाख नगदसहित ललितपुरको सुनाकोठीबाट १७ जुवाडे पक्राउ परेका छन्। शनिबार प्रहरीले ललितपुर-२६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेको अबस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, हिटलर श्रेष्ठ, अनिल महर्जन, श्रीकृष्ण खड्का, तुलसीराम महर्जन, सानुकान्छा महर्जन, पूर्ण श्रेष्ठ, विनोदप्रसाद घिमिरे, पूर्णमान माली, सानुकान्छा बस्नेत, राम खत्री, विनोद महर्जन र चिरिकाजी महर्जन रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले १९ बुक तास, १६ थान कौडा, तास खेल्दा प्रयोग हुने क्यारेमको गोटी ५ थान र सिमीको दाना १५० थान बरामद गरेको छ भने ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित जुवाडेहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।